काठमाडौं ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत, पाटन पुगेका पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनमा बिहीबार सुनुवाइ हुँदैछ ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुन लागेको हो ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
५ मंसिरमा महराले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले पीडित भनिएकी महिला कर्मचारीसँग पनि बयान लिइसकेको छ । जसमा उनले आफूमाथि करणी नभएको दाबी गरेकी छन् ।
फौजदारी कार्यविधि संहिता (२०७४ मा रहेको व्यवस्था बमोजिम महराले निवेदन थिएका थिए ।
घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा छन् ।
महरालाई १९ असोजमा प्रहरीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।
३ पुस २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया