९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर तौलिहवामा अन्तरक्रिया



मायादेवी अनलाइन, तौलिहवा ।
‘सिप र रोजगार आर्थिक संबृद्धिको आधार’ भन्ने मूल नाराका साथ कपिलवस्तुमा पनि अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा हेल्बीटास सामीको सहयोगमा जिल्लाका चार पालिकाको आयोजनामा बुधबार सदरमुकाम तौलिहवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
सो अवसरमा बाणगंगा नगरपालिकाका उप मेयर चक्र अर्यालले युवाहरुको बिदेश पलायन रोक्न जिल्लाका सबै पालिकाहरुले ठोस कार्यक्रम ल्याउनु पर्ने बताए । मुलुक रेमिट्यान्सले नै धानिएको भन्दै यसलाई पूर्णरुपमा रोक्न नसकिए पनि युवाहरुलाई सीप दिई दक्ष बनाउनु पर्ने उनले बताए । उनले युवालाई स्वदेशमै रोजगारीका अवसर पहिल्याउन सघाउने र विदेश जानै परे निःशुल्क रूपमा परामर्श दिने कार्यक्रम ल्याईने बताए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले लेबर आपूर्ति गर्ने देशका रुपमा परिचित भएको नेपालमा दक्ष जन शक्ति तयार गर्नुपर्ने बताए । ‘युवालाई रोजगारी र स्वरोजगारीका अवसर के–के हुन सक्छन् भन्नेबारे चेतना जगाउनु पर्छ’ । उनले भने विदेश जानेपरे कसरी सुरक्षित रूपमा कानुनी प्रक्रिया र्पुयाएर जानुपर्छ भन्नेबारे परामर्श दिन जरुरी छ’ ।
हेल्बीटासका कार्यक्रम अधिकृत लालबाबु कुशहवाले आप्र्रवासन कामदारबारे प्रस्तुतीकरण गर्दै कपिलवसतु अप्र्रवासनमा १५ नम्बरमा रहेको बताए । उनले कामदारलाई बिमा, स्वास्थ्य परीक्षण, करारनामा, म्यानपावर कम्पनी छनौट गर्दा ध्यान दिनुपर्ने विषयबारे जानकारी समेत दिएका थिए ।

प्रकाशित मिति : २ पुस २०७६ बुधबार ००:००  ९ : ३६ बजे