९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु सहकारीको करोडौं रकम हिनामिना काण्डः थप दुई जना पक्राउ



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले २२ दिन पछि बुधबार थप दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

यसरी पक्राउ पर्नेहरुमा सरवान तेली र अभिनाश गुप्ता रहेका छन । यिनीहरु पनि सहकारीको रकम हिनामिनामा मुछिएकोले बुधबार पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

कपिलवस्तु सदरमुकाम तौलिहवामा अवस्थित सहकारीको करिब १२ करोड रकम हिनामिना भएको छ । यो कार्यमा संलग्न भएको आशंकामा सहकारीका कर्मचारी राजेश कान्दु पक्राउ परिसकेका छन ।

प्रकाशित मिति : २ पुस २०७६ बुधबार ००:००  ९ : २३ बजे