९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

(नेकपा) र (राजपा)बीच दुई बुँदे सहमती



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेताबीच बालुवाटार भएको बैठक सकिएको छ। बुधबारको बैठक दुई बुँदे सहमति गर्दै सकिएको हो ।
बैठकले प्रदेश २ मा माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा भागबन्डा गरेका छन् । जस अनुसार नेकपाले दुई र राजपाले दुई जना पाउने गरि सहमति गरेका छन् । पुरुष समूह, अपांगता भएका व्यक्ति, अल्पसंख्यकबाट राजपाले उम्मेदवारी दिने र उनीहरुलाई नेकपाले सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ । त्यस्तै महिला र दलित पुरुषबाट नेकपाका उम्मेदवारलाई राजपाले सहयोग गर्ने सहमति भएको छ । प्रदेश २ मा चार पदका लागि निर्वाचन हुँदैछ ।
त्यस्तै नेकपा र राजपाले राष्ट्रिय राजनीतिको विषयमा पनि नियमित छलफल गर्ने र सहकार्यलाई अघि बढाउने निर्णय गरेको छ । सहमतिपत्रमा नेकपाका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपाको तर्फबाट अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६ बुधबार ००:००  ६ : ५६ बजे