एजेन्सी ।
चीनमा झन्डै २० लाख मानिस सशस्त्र बलमा आबद्ध छन् । तर एकपटक सेनाको जीवनमा प्रवेश गरिसकेपछि त्यसलाई बीचैमा छाड्ने निर्णय गरेमा चाहिँ सो व्यक्तिले भारी मूल्य चुकाउनुपर्ने हुन सक्छ भने सो घटना राष्ट्रिय विवादको विषय बन्नेछ । गत हप्ता मात्र दक्षिणी हाइनन प्रदेशमा एक विश्वविद्यालयका विद्यार्थी, जाङ मोउकाङले त्यसरी नै पूरै देशको ध्यान केन्द्रित गराएका हुन् ।
पिपुल लिबरेसन आर्मी, पिएलए को अङ्ग्रेजी वेबसाइटमा पोस्ट गरिएको एउटा कथामा उनले पिएलए छाड्न चाहेको बताएपछि उनीमाथि जारी गरिने सजायँबारे विस्तृतमा लेखिएको थियो । सो सजायँ यतिसम्म कठोर होला भन्ने उनले सायदै सोचेका थिए होलान् । उनी कूल आठ प्रकारले दण्डित हुनेछन् जस अन्र्तगत दुई वर्षसम्म विदेश भ्रमणमा रोक, देशभित्रै विमानको सवारीमाथि प्रतिबन्ध, ट्रेन वा बसमा लामो दुरीको यात्रा गर्न निषेध, घरजग्गा खरिद, ऋण वा इन्स्योरेन्स लिन अनि कुनै नयाँ व्यवसाय खोल्न र कलेज वा विश्वविद्यालयमा भर्ना हुनबाट पनि बन्देज लगाइएको छ । कुनै उमेर उल्लेख नगरिएको जाङले यति मात्र नभइ जीवनभर चीनमा अस्थायी सहित कुनै पनि किसिमको सरकारी काम गर्ने अनुमति पाउनेछैनन् जहाँ अधिकांश ठूला कम्पनी राष्ट्रद्वारा सञ्चालित छन् ।
त्यस्तै उनले ४ हजार डलरको जरिवानाका साथै सेनामा रहुन्जेलको स्वास्थ्य परीक्षण, विदेश भ्रमण अनि दैनिकी खर्चको क्षतिपूर्ति स्वरुप अतिरिक्त ३,७५० डलर तिर्नुपर्ने हुन्छ । जबकी उनी गत सेप्टेम्बरमा मात्र सेनामा भर्ती भएका हुन् र एक महिनापछि नै बाहिरिने निर्णय गरेका थिए । यति धेरै किसिमका कारबाहीपछि उनलाई सार्वजानिक रुपमा शर्मनाक गर्ने काम पनि गरिन्छ र सामाजिक संजाल, टेलिभिजन अनि पत्रिका दैनिकसम्ममा यसबारे प्रकाशित गरिनेछ । यसरी चीनमा सेना छाड्नेसँग अपराधीलाई भन्दा क्रुर व्यवहार गरिएको छ ।
संचार माध्यम सिएनएनले यस किसिमका एक दर्जन भन्दा बढी घटना पत्ता लगाएको हो जहाँ पूर्वसेनाहरुको नाम सार्वजानिक गरि तिनलाई शर्मनाक गर्ने काम गरिन्छ भने चिनियाँ कानुन अन्र्तगत कडा कारबाही हुने गरेको छ । यसबारेमा मेकक्वाएर युनिभर्सिटी इन अष्ट्रेलियाका चिनियाँ अध्ययनकर्ता अद्नाम नि भन्छन्, “बेइजिङले यस्ता मुद्दालाई सबैका लागि उदाहरणका रुपमा लिने गर्दछ । यसकारण तिनको व्यापक प्रचार गर्छ ।
पिएलएका लागि यो नै सबैभन्दा ठूलो चुनौति रहँदै आएको छ जसमा एकातर्फ यसले आफ्नो राम्रो छवि कायम राख्नुपर्छ भने अर्कोतर्फ गलत व्यवहार र अवज्ञा गर्नेहरुप्रति क्रुरता पनि अपनाउनुपर्ने हुन्छ । ”
विश्लेषकहरुका अनुसार चिनियाँ सेना प्राविधिक रुपमा प्रतिपूर्तिमा आधारित छ तर पछिल्ला केही वर्षमा कहिल्यै लागू नभएका नीति ल्याउँदा स्वयंसेवकहरुले सैन्य क्षेत्रको आधुनिकीकरणलाई समर्थन गर्न ठूलो सङ्ख्यामा सहभागीता जनाइरहेको पाइएको छ । आधुनिकीकरणका लागि थोरै तर शिक्षित जनशक्तिको आवश्यक पर्दछ । त्यसैले सैन्य निकायले गरिब क्षेत्रहरुबाट आउनेहरु भन्दा प्राविधक रुपमा दक्ष स्वयंमसेवकहरुमाथि बढी ध्यान दिने गरेको छ । जसले छुट्टै समस्या निम्त्याइरहेको छ ।
अमेरिकी प्रतिरक्षात्मक खुफीया एजेन्सी २०१९ चाइना पावर रिपोर्टले यसअघि पिएलएले सामना गरिरहनुपरेको चुनौतिबारे खबर गरेको थियो । यसमा भनिएको छ, “चीनको अर्थतन्त्र स्वस्थ रहँदासम्म सैन्य सेवा सम्भाव्य रुपमा कम आकर्षक करिअर विकल्पका रपमा रहनेछ ।” यसप्रति जाङले पनि सहमति जनाएका हुन् । आधुनिक चिनियाँ सेना आफूले चाहेको जीवन नभएको उनको भनाइ छ । यता पिएलएको रिपोर्टमा चाहिँ जाङबारे यस्तो लेखिएको छ , “जाङ मोउकाङ थकान र कठिनाइँहरुको डरका कारण सेना जीवनमा आफूलाई अनुकूलित गराउन असमर्थ रहे ।” सिएनएन
२ पुस २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया