७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

हाटबजारको अवसर पारेर तौलिहवाका मासु पसलको अनुगमन



शारदा के.सी., तौलिहवा ।
हाट बजारको अवसर पारेर कपिलवस्तु नगरपालिकाले मासु पसलको अनुगमन गरेको छ । नगरपालिका भित्र रहेका मासु पसलको सरसफाई, नापतौलमा आवश्यक पर्ने तराजु, मासुको गुणस्तरता र पसल व्यवस्थापन लगाएतका बिषयमा अनुगमन गरेको छ ।
बजार भित्रका ७ मासु पसलको अनुगमन गर्दा ३ मासु पसल जरिवानामा परेका छन । मापदण्ड विपरित सञ्चालन गरिएका यी मासु पसललाई जनही ५ सयका दरले जरिवाना तिराइएको छ ।
जरिवानामा पर्नेमा असरत अलिको सागिर मासु पसल, मोहमद सलिमको मोहमद सलिम मासु पसल, कलाम कुरेसको कलाम मासु पसल रहेका छन । यिनीहरुलाई आउदो शनिवार ५०० जरिवाना सहित कपिलवस्तु नगरपालिकामा हाजिर हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।
पशु शाखाका केशवराज प्रसाद हरिजनका अनुसार यी पसलले आफ्नो पसल हँुदाहँुदै बाहिर बेचेको र तराजुमा ५० ग्राम फरक पार्ने गरेको पाइएको छ । अब पसलको अनुगमन निरन्तर हुने भन्दै उहाँले मापदण्ड विपरित सञ्चालन हुने पसललाई कडा कारबाही गरिने बताउनुभयो ।
साथै पशु शाखाले आगामी शनिबार १० माछा पसललाई माछा पसलको व्यवस्थापन कसरी गर्ने बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७६ मंगलबार ००:००  ७ : २८ बजे