७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

शिवराज–११ मा कृषि कार्यक्रमको अनुगमन



राम अवतार चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका–११ (साविक थुनियाँ गाविस) अन्र्तगत साना सिंचाइ कार्यक्रममा छनौट भएका १३ जना कृषकहरुको अनुगमन गरिएको छ । शिवराज नगरपालिकाकी नगर उप–प्रमुख शिव कुमारी थारुको संयोजकत्वमा अनुगमन गरिएको वडा नं. ११ का वडा अध्यक्ष रामेश्वर बर्माले जानकारी गराए ।
त्यहाँ वास्तविक किसानहरु भन्दा गैर किसानले अनुदानको सामग्री प्राप्त गरेर दुरुपयोग गरिरहेको गुनासो दिनप्रतिदिन बढ्दै गएको थियो । त्यसैको लागि अनुगमन गरिएको बताइएको छ । शिवराज नगरपालिकाको सबै वडामा सिँचाइ कार्यक्रमको अनुगमन गर्ने नगरपालिकाको तयारी छ ।
साना सिंचाइ कार्यक्रम अन्र्तगत गत बर्ष कृषि सामग्री अन्तर्रगत पम्पसेट र मोटर माग भएका निवेदन अनुसार विभिन्न किसान छानौटमा परेका थिए । जसमा अब्दुल सकुर मिया, शिव गोबिन्द कुर्मी, राधेश्याम प्रसाद कुर्मी, थमन बहादुर कुँवर, नरेन्द्र शर्मा आचार्य, छविलाल आचार्य, जगनारायण अहिर, कृष्ण प्रसाद चौधरी, राम चन्द्र शर्मा, विजय सिंह, छविलाल पराजुली, रामदेव मिश्र र कृष्ण प्रसाद बञ्जाडे लगायत छन् । यी किसानले वडा नं. ११ को थुनियाँ ‘क’ ‘ख’, मैटहवा, मर्जादपुर, जालिम बगिया, नयाँबस्ती लगायतको स्थानमा कृषि पेशा अंगालेका छन ।
वडा अध्यक्ष बर्माले आफ्नो वडामा अनुगमन भएकाले यसबाट किसानहरुमा राम्रो सन्देश जाने बताउनुभयो । साथै उहाले कृषिमा नगरले दिएको अनुदानले व्यवसायिक तरिकाले कृषि पेशा अंगालेका किसानलाई थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
अनुगमनमा शिवराज नगर उप–प्रमुख शिव कुमारी थारु, नगरपालिकाका कृषि शाखा प्रमुख तारा चन्द चौधरी, वडा नं. ११ का वडाध्यक्ष बर्मा, वडा नं. १ का वडा अध्यक्ष जगत बहादुर घर्ती, चित्र पोख्रेल लगायतको टोली गएको थियो ।

प्रकाशित मिति : १ पुस २०७६ मंगलबार ००:००  ४ : २९ बजे