मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको ‘म सफा गर्छु मेरो नगर’ अभियान अन्तर्रगत आज वडा नं. ५ मा सरसफाई गरिएको छ । हरेक महिनाको १ र १५ गते नगरका विभिन्न वडामा यो अभियान सञ्चालन हुँदै आएको छ । सोही क्रममा आज पुस १ गते मंगलबार वडा नं. ५ मा अभियान चलाइएको हो ।
नगर उप प्रमुख चक्रपाणी अर्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम भट्टराई, वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसाल लगायत सयौं वडाबासीको उपस्थितीमा वडाका विभिन्न स्थानमा सरसफाई गरिएको छ ।
मंगलबारबाट हुस्सुसहितको चिसो बढेको छ । तरपनि, चिसोको कुनै प्रवाह नगरि वडाबासी सरसफाईमा खटिएका थिए । नगरपालिकाले बर्षंभरी चलाउने यो अभियानलाई सफल पार्नका लागि सबैको साथ र सहयोग हुनुपर्नेमा नगर उपप्रमुख अर्यालले जोड दिनुभएको छ ।
महिनाको दुई दिन जस्तो सुकै परिस्थितीमा पनि सञ्चालन हुने बताउँदै उप प्रमुख अर्यालले यसलाई दीर्घकालिन रुपमा लैजानुपर्ने बताउनुभयो । नगरको सुन्दरीकरणले नै विकासको झल्को दिने भन्दै उहाँले यसमा सबैको सहकार्य आवश्यकत रहेको बताउनुभयो ।
वडा अध्यक्ष भुसालले मंगलबारबाट वडा नं. ५ मा पनि अभियान सुरु भएको बताउँदै यो अभियान बर्षभरी चल्ने बताउनुभयो । वडा सफाई अभियान आज कोपवा लगायतका स्थानमा चलेको थियो ।
१ पुस २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया