मायादेवी अनलाइन, वाणगंगा ।
पश्चिमी वायुको प्रभाव सकिएसंगै तराइका जिल्लमा चिसो बढेको छ । मङ्गबारबाट ह्वात्तै चिसो बढेको छ भने र तराईका क्षेत्रहरुमा हुस्सु र शितलहर सुरु हुन थालेको छ । बिहान र बेलुका चिसो हावासंगै हुस्सु लागेपछि यातायात पनि प्रभावित भएका छन् ।
कपिलवस्तुमा मङ्गलबार विहानै बाक्लो हुस्सु लाग्दा बाटो सजिलै देख्न नपाएपछि यातायात प्रभावित भएको हो । चिसोले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकहरु बिरामी पर्ने गर्दछन् । चिसोका कारण विशेष गरी रुघाखोकी, कोल्ड डायरीया, निमोनिया र टाइफाइटका विरामीहरु बढ्छन ।
विगत ११÷१२ दिनदेखि निरन्तररुपमा चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ ।
१ पुस २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया