मायादेवी अनलाइन, वाणगंगा ।
बुद्ध रंगशालामा जारी ११ औ कपिलवस्तु महोत्सव मंगलबार पौष १ गते सकिदैछ । गत मंसिर १९ गतेबाट संचालित महोत्सवको समाजन नेपाली कांग्रेसका युवा नेता गगन थापाले गर्नुहुने महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुभयो ।
महोत्सव सकिन एक दिन बाँकी रहदा सोमबार ८ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । सांस्कृतिक कार्यक्रम तर्फ सोमबार चर्चित पप गायिका आस्था राउत, लोक तथा दोहोरी गायक प्रकाश सपुत, शान्ती परियार लगायतको प्रस्तुती रहेको थियो ।
यस्तै नवौ कपिलवस्तु डान्स आईडलको एघारौं दिन सोमबार सुरक्षा अधिकारी बाहिरिएकी छन् । अब उपािधको लागि ४ जना बिच प्रतिस्पर्धा हुने छ । महोत्सवको अन्तिम दिन कुशुम दर्लामी, अमिशा बि. क., निशा खनाल र अनिल बि.क बिच कडा टक्कर हुने छ ।
दर्शकको भोट संगै निणार्यकको निणर्यको आधारमा मंगलबार कपिलवस्तुले नवौ कपिलवस्तु डान्स आइडल प्राप्त गर्ने छ । फाइनलको लागि मंगलबारको प्रतियोगिता कडा हुने छ ।
यसैबिच ११ औंं कपिलवस्तु महोत्सवमा कृषि स्टलमा राखिएका विभिन्न सामग्री मध्य उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । महोत्सवकै आकषर्ण रहेको कृषि स्टलमा कृषकले उत्पादन गरेका विभिन्न सामग्री राखिएको थियो ।
प्रर्दशनीमा, लौका, च्याउ, धान लगायतका खाध्यबस्तु राखिएको थियो । त्यस मध्य उत्कृष्ट कृषि उत्पादन छानेर पुरस्कृत गरिएको हो ।
३० मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया