९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगा नगर कार्यपालिकाको आकस्मिक बैठक बस्यो, यस्ता भए निर्णय



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगर कार्यपालिकाको आकस्मिक बैठक सोमबार बसेको छ । नगरपालिकामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निणर्य गरेको छ ।
बैठकले हेमराज मावि हथौसामा प्राविधिक शिक्षा सञ्चालनको लागि स्विकृती प्रदान गरेको छ । यसैगरी विशेष अनुदान तर्फका योजनालाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउने भएको छ । नगर प्रमुख मंगल प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले पिपरा अस्पताललाई चुस्तदुरुस्त बनाउन ब्यवस्थापन समिती गठन गरेको छ ।
नगर प्रमुख थारुको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरेको हो । समितीमा उपमेयर चक्र अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, क्रमश वडा नम्बर १, २ र ५ का वडा अध्यक्ष बालकुमारी पन्त, विष्णु पौडेल र भिष्मराज भुसाल रहनुभएको छ भने पिपरा अस्पतालका निमित्त मेसु रन्जिता महतो सदस्य सचिवमा रहनुभएको छ ।
यसैगरी नगरपालिकाले जाडोयाम सुरु भएसंगै सितलहरको ब्यवस्थापनका लागि अग्रीम तयारी गरेको छ । नगरपालिका भित्रका २९ वटै सामुदायिक वनलाई दाउराको ब्यवस्था गर्न पत्रचार गर्ने निणर्य भएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । बैठकको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम भट्राईले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६ सोमबार ००:००  १० : १७ बजे