मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको बहादुरगञ्जमा देवः विकास बैंकको ८३औं शाखा संचालन भएको छ । गत जेठबाट कारोबार शुरु गरेको बैंकले सोमबार औपचारिक रुप उद्घाटन भएको छ । कृष्णनगर नगरपालिका ८, बहादुरगञ्जमा पहिलो बैंकको रुपमा स्थापना भएको देवः विकास बैंकलाई नगरप्रमुख रजत प्रताप शाहले औपचारिक समुद्घाटन गरेका हुन् ।
बैंक समुद्घाटन गर्दै नगरप्रमुख शाहले ग्रामिण क्षेत्रमा पहिलो बैंकको रुपमा स्थापना गरी यस क्षेत्रका नागरिकलाई बैकको पहँुचमा पु¥याउन सफल भएकोमा संचालकलाई धन्यवाद दिए । समाजमा छरिएर रहेको रकमलाई एक ठाउँमा जम्मा गरी उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने नगरप्रमुख शाहले सुझाव दिए । कृषकलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिंदै नगरप्रमुख शाहले यस क्षेत्रका नागरिकहरुलाई सहुलियत व्याजदरमा ऋण प्रवाह गर्नुपर्ने आग्रह गरे । सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीहरुलाई आग्रह गर्दै सामाजिक कृयाकलापमा सहभागी हुनुपर्नेमा नगर प्रमुख शाहले जोड दिए ।
कार्यक्रममा बैंक संचालक विजयराज शर्मा भुसालले देशैभर बैंकले आफ्नो कार्यक्षेत्र विस्तार गरेको भन्दै वहादुगञ्ज क्षेत्रमा नागरिकहरुका लागि वित्तीय कारोवारमा सहज बनाउने उद्देश्यले बैंक स्थापना गरेको वताए । ८३औ शाखाको रुपमा संचालनमा आएको बैंकले कृषकरुका लागि छुट्टै योजना ल्याउने तयारी गरेको शाखा प्रमुख शर्माले उद्घोष गरे । ३ लाखभन्दा बढी रहेका ग्राहकहरुलाई सन्तुष्ट गरेकोले पैसा भएन ऋण र वचत गर्न ईच्छुकले वचत गर्न सक्ने उनले जानकारी दिए ।
वहादुरगञ्जमा बैंक स्थापनाको समयमा केही कठिनाई भएको भएपनि अहिले आम नागरिकले बैंकिङ कारोवार गर्न लागेको व्यवस्थापक बावुराम खनालले बताए । कार्यक्रमा नगरप्रमुख, उपप्रमुख सल्लाहकार, वडाध्यक्ष, बैंकका कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ, संचालक पुरुषोत्तम श्रेष्ठ, कम्पनी सचिव सागर ताम्राकार, स्थानीय ब्यापारीहरुको सहभागिता रहेको थियो ।
३० मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया