अजय मिश्र, कृष्णनगर ।
नेपालको कृष्णनगरबाट भारतको राजस्थानसम्म एक टोलीले पैदलयात्रा गर्ने भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ का २५ जना व्यक्ति श्री खाटु श्यामको दर्शन गर्नका लागि भारतको राजस्थान पैदलयात्रामा निस्किएका हुन् ।
उनीहरुले ३१ दिनमा भारतको राजस्थान पुग्ने योजना बनाएका छन । श्री खाटु श्याम मन्दिर कृष्णनगरबाट उनीहरु प्रतिनिधित्व गर्दै राजस्थानको योजना बनाएका हुन् ।
भारतको राजस्थान प्रशिद्ध धार्मिक भूमि हो । त्यहाँ खाटु श्यामको मन्दिर छ । कृष्णनगरबाट उक्त स्थान ११ सय किलोमिटर टाढा पर्छ । २० पुरुष, ५ महिला रहेका पदयात्राको अगुवाई मनिष कुमार सिंगल र गोगुल गोयलले गरेका छन ।
पदयात्रीलाई आइतबार कृष्णनगरमा एक कार्यक्रमका बीच कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले विदाई गरे । कृष्णनगरको गोलघरमा भएको कार्यक्रममा नगर प्रमुख शाहले पदयात्रीलाई फूलमालाले विदाई गरेका थिए । साथै उनले पदयात्रीलाई शुभयात्राको कामना पनि गरे ।
प्रतिक्रिया