९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने



काठमाडौँ ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।
भट्टराईको पार्थिव शरीरलाई सोमबार दिउँसो श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिने र अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी भइरहेको सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
भट्टराईको आइतबार राति १० बजेर २० मिनेटमा निधन भएको हो । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । अस्पताल र्पुयाइएका उनलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।
५४ वर्षीय भट्टराई एक पत्नी र छोरा रहेका छन्। करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका थिए ।
पछिल्लो पटक उनले ’यात्रा’ नामक सिनेमा निर्माण गरेका छन् । ‘यात्रा’सहित उनले ‘आफ्नो मान्छे’, ’छोडी गए पाप लाग्ला’, ’देवर बाबु’, ’कर्मयोद्दा’, ’सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशले प्रतिभावान कलाकार गुमाएको बचाउँदै ट्विटबाट समवेदना व्यक्त गरेका छन् ।
‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं’ प्रधानमन्त्रीले भनेका छन्, ‘उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि १ शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : ३० मंसिर २०७६ सोमबार ००:००  १ : ३३ बजे