९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपा स्थायी कमिटी : प्रचण्डको राजनीतिक प्रतिवदेनमाथि आज छलफल



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन्।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित भएर सदस्यहरुले धारणा राख्ने स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए।  बैठक आजै सक्ने भनिएपनि एक वर्षपछि बसेको र एजेण्डाहरु धेरै भएकाले केही दिन लम्बिनसक्ने बताइएको छ। महासचिव विष्णु पौडेलले हिजोको बैठकमा पेश गरेको विधान संसोधनको प्रस्ताव, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठक लगायतका एजेण्डा तय गरिएका छन्। अध्यक्षको प्रतिवेदन र अरु एजेण्डामा एकैपटक वा छुट्टाछुट्टै छलफल हुनसक्ने नेता भुषालले बताए।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ले सरकारको काम कारवाही, राजनीतिक घटनाक्रम, वर्तमान अवस्था र पार्टीको आगामी कार्यदिशालगायत विषय समेटेर हिजो राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

प्रकाशित मिति : ३० मंसिर २०७६ सोमबार ००:००  ८ : ३३ बजे