काठमाण्डौ ।
भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा वेस्ट इण्डिजले प्रभावशाली जित निकालेको छ । आइतबार भएको खेलमा वेस्ट इण्डिजले भारतलाई ८ विकेटले हरायो । चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८७ रन बनायो । भारतका लागि रिषभ पन्तले एकदिवसीय क्रिकेटको पहिलो अर्धशतक बनाउँदै ७१ रनको पारी खेले । त्यस्तै श्रेयस अय्यरले ७० रनको योगदान गरे ।
यता मध्यक्रमका ब्याट्सम्यान केदार जाधवले ४० तथा रोहित शर्माले ३६ रन बनाए । अन्तिममा रविन्द्र जडेजाले २१ रन थपे ।वेस्ट इण्डिजको जितमा शिमरोन हेटमायर र शाई होपले शतकीय पारी खेले । सुरुवात राम्रो गर्न नसकेको वेस्ट इण्डिजका लागि होप र हेटमायरले दोस्रो विकेटका लागि कीर्तिमानी दोहोरो शतकीय साझेदारी गरे ।
होप र हेटमायर मिलेर भारतविरुद्ध दोस्रो विकेटका लागि दुई सय १८ रनको साझेदारी गरे ।हिटमेयरले एक सय ३९ रन बनाए । जसमा उनले एक सय ६ बलमा ११ चौका र सात छक्का प्रहार गरे । त्यस्तै होपले एक सय एक रन बनाए ।
प्रतिक्रिया