मायादेवी अनलाइन, कपिलवस्तु ।
लामो रस्साकस्सीपछि प्रदेश ५ को राजधानी र नाम टुङ्गो लाग्ने भएको छ । प्रदेशको नाम र राजधानी तोक्न गठित समितिले लामो गृहकार्यपछि प्रदेशको नाम लुम्बिनी र राजधानीको लागि तिनवटा विकल्पसहित राख्न प्रदेश सभालाई सिफारिस गरेपछि यसै वर्ष प्रदेशको नाम र राजधानी टुङ्गिने सम्भावना बढेको छ । प्रदेश राजधानीको लागि यसअघि प्रस्तावसम्म गर्न नसकिरहेको अवस्थामा तेश्रो पटक म्याद थपिएको समितिले कपिलवस्तुको बाणगंगा र बुद्धभुमीलाई पनि प्रस्ताव गरेपछि यहाँ राजधानीको सम्भावना बढेको एक जना प्रदेश सभा सदस्यले मायादेवी अनलाइनसंग बताउनु भयो । साथै सो समितिले प्रदेशको राजधानीको लागि दांङको भालुवाङ लमहीलाई पनि प्रस्ताव गरेको छ ।
संसदिय बिषेश समितिका एक सदस्यका अनुसार प्रदेशको नाममा निर्विकल्प लुम्बिनी तोकिएको र राजधानीको लागि मध्यमार्गी बाटो अपनाउदै तोकिएको बताइएको छ । उहाँले भन्नुभयो–हामीले बिवाद नआओस भन्ने हिसावले राजधानीको लागि तिनवटा विकल्पसहित मध्यमार्गी बाटो अपनाएका छौंं । यी तिन स्थानमध्ये एक स्थानमा राजधानी तोकिने छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डको भावना अनुरुप प्रदेशको राजधानीको लागि यी तिन विकल्प अगाडी सारिएको पनि बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले गत बर्ष कपिलवस्तु आएर एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश राजधानीको लागि कपिलवस्तु पनि उपयुक्त भएको घुमाउरो भनाई राख्नु भएको थियो भने केही महिना अघि प्रदेश ५ को राजधानी दाङ हुने बताउनु भएको थियो । अब समितिले तयार पारेको प्रतिवेदन सोमवार( आजै ) सभामुख समक्ष बुझाउने तयारी गरेको छ ।
राजधानीको लागि बिषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभाको बैठकले २०७५ साउनमा संसदिय बिशेष समिति गठन गरेको थियो । उक्त समितिले लामो प्रयासपछि राजधानी को नाम सिफारिस गर्न गठित समितिले आफुलाई दिएको जिम्मेवारी पुरा गरेको छ । पहिलो पटक ३ महिना कार्यादेश दिईएको उक्त समितिले पहिलो ३ महिना बैठक नै बस्न नसकि म्याद गुजारेको थियो । समितिले पहिलो कार्यादेश भित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरि जिम्मेवारी दिईएको थियो ।पटकपटक बिवाद र आलोचना सहदै आएकातोकिएको जिम्मेवारी छोडेर भारतको हरियाणा र पन्जावको राजधानी भ्रमणमा गएको भन्दैै चौैैैतर्फि आलोचना भएका बेला समितिले नाम र राजधानी टुंगो लगाएको छ ।समितिले गरेको सिफारिस लाई प्रदेश सभाको बैठकको दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।
यसबीचमा कपिलवस्तु पनि प्रदेश राजधानीको लागि उपयुक्त हुने बिभिन्न आधारहरु सहित कपिलवस्तुलाई प्रदेश राजधानी बनाऔँ अभियान चलेको थियो । जिल्लाका बिभिन्न संघसंस्था तथा राजनैतिक दलसम्बद्ध व्यक्तिले यो अभियान चलाएका थिए । यता प्रदेश राजधानीको प्रस्तावका रुपमा कपिलवस्तुको नाम आए पछि जिल्लबासी खुसी भएका छन् ।
३० मंसिर २०७६ सोमबार ००:००
4
Shares
प्रतिक्रिया