१७ कार्तिक २०८१, शनिबार | Sun Nov 3 2024

फिलिपिन्समा गयो शक्तिशाली भूकम्प



मनिला ।
फिलिपिन्समा ६ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओ टापुमा आइतबार भूकम्पको धक्का महसुश भएको हो । गत अक्टोबरमा पनि सोही क्षेत्रमा भूकम्पको धक्का महसुश भएको थियो ।
अमेरिकी भूगर्भ्विद्हरुका अनुसार फिलिपिन्सको दक्षिणी दभाओ सहरलाई इपिसेन्टर बनाएर भूकम्प गएको हो । भूकम्पका कारण केही भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति भएको खबर सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २९ मंसिर २०७६ आइतबार ००:००  ३ : १० बजे