काठमाण्डौँ । मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वल्र्ड’ २०१९ मा ब्यूटी विथ प्रपस’ अवार्ड जितेकी छिन् । यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् । अनुष्कालेले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो । गएको वर्ष ‘मिस वल्र्ड’प्रतियोगितामा नेपालीकी श्रृङ्खला खतिवडाले यी दुवै उपाधि जितेकी थिइन् । अनुष्का मिस वल्र्ड २०१९ को अन्तिम १२ सम्म पुग्न सफल भइन् । यस पटक मिस वल्र्डको ताज भने जमैकाकी सुन्दरी टोनी(एन सिंहले पहिरिइन । फ्रान्सकी सुन्दरी ओफेली मेजिनो फस्र्ट रनर अप भइन भने भारतीय सुन्दरी सुमन राव सेकेन्ड रनर अप भइन ।
२९ मंसिर २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया