बुटवल ।
तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही स्थानकै २७ वर्षीय विकास गुरुङले हत्या गरेका ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले कान्छीबजारमा जग्गा प्लटिङ गरेको स्थानमा घाँस काटिरहेकी कमलादेवीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जानकारी दिए ।
गुरुङले प्रहार गरेको धारिलो हतियारबाट घाँटीमा गम्भिर चोट लागेको उनको उपचारको क्रममा तिलोत्तमास्थित क्रिमसन अस्पतालमा मृत्यु भएको भट्टराईले जानकारी दिए ।
दिउँसो साढे तीन बजेतिर भएको उक्त घटना थाहा पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले गुरुङलाई भाग्दै गर्दा नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक भट्टराईले महिलामाथि हतियार प्रहार गर्ने गुरुङलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरेको जानकारी दिए ।
२८ मंसिर २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया