९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

धनुषा बम विष्फोटकाण्डः बम राखेको आशंकामा दुई जना पक्राउ



धनुषा ।
धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी बम राखेको आशंकामा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले दुई जना पक्राउ परेको पुष्टि गरे । तर थप बताउन चाहेनन् । पक्राउ परेकामध्ये एक जना नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।
महेन्द्रनगरस्थित राजेश साहको घरको गेटमा राखिएको बम पड्किँदा साहसहित उनका छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७६ शनिबार ००:००  ५ : ०४ बजे