मायादेवी अनलाइन, तौलिहवा ।
मधेसी पत्रकार समाज कपिलवस्तुमा पुनः दोस्रो कार्यकालका लागि रमेश मिश्रा दोहोरिएका छन् । तौलिहवामा सम्पन्न समाजको दोस्रो अधिवेशनबाट मिश्रा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
समाजको उपाध्यक्षमा विष्णु कुमारी मिश्रा, बासुदेव बर्मा, सचिवमा दिलिप कुमार यादव, सह सचिव विनय चौबे र कोषाध्यक्षमा नारद कोहार चयन भएका छन ।
यसैगरी सदस्यहरुमा कृष्ण हरिजन, अजय मिश्रा, माया कुमारी थारु, सविता गुप्ता, राघवेन्द्र चौवे, अजय सहानी, नरसिंह कहार, विजय कुमार तेली र प्रतिमा विश्वकर्मा रहेका छन् ।
अधिवेशनले रविन्द्रनाथ ठाकुर, बनारसी बर्मा, डा.सतिश उपाध्यक्ष, मनोज श्रीवास्तव र तुलसीराम यादवलाई सल्लाहकारमा चयन गरेको छ ।
मधेशी पत्रकार समाज प्रदेश नं. ५ का संमयोजक राम विकास चौधरीको प्रमुख अतिथ्यतामा भएको भेलाले आगामी पौष ११ गते नवगठित जिल्ला समितिको पदस्थापन तथा सरोकारवालासंग परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
सोही कार्यक्रममा पत्रकारिता क्षेत्रमा समावेशिता, प्रेस स्वतन्त्रता, तथा कपिलबस्तु जिल्लामा रही भाषा संस्कृति संरक्षण एवम् सम्बर्धनका लागि निरन्तर कलम चलाउदै उल्लेखनिय योगदान पुर्याउनेहरुलाई छनौट गरी सम्मान गर्ने पनि निर्णय भएको छ ।
२८ मंसिर २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया