काठमाडौं ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह हिँड्दाहिँड्दै बुटवलको सडक पेटीमा ढलेका छन् । बुटवलस्थित मिलनचोकको आकाशे पुलनजिक सडकपेटीमै ढलेपछि सिंहलाई उपचारका लागि कालिकानगरस्थित चौराहा हस्पिटल प्रालि र्पुयाइएको थियो । करिब दुई घण्टा उपचार गरेपछि सिंहलाई अस्पतालले घर पठाइदिएको छ ।
लडेर ठोक्किँदा निधार केही सुन्निएको, तर स्वास्थ्यअवस्था सामान्य रहेको चौराहा अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् । बुटवलमा रहेको केन्द्रीय कार्यालयमा पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेपछि सिंह चौराहातर्फ पैदल हिँडेर जाँदै थिए ।
सोही क्रममा उनी लडेका हुन् । ८४ बर्षीय सिंह नेपालको वामपन्थी आन्दोलनका पुराना नेता हुन् । मोहनविक्रमकै कम्युनिष्ट पाठशालामा हुर्किएका धेरै नेताहरु अहिले राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् ।
२८ मंसिर २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया