९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालको नयाँ नक्सा अविलम्ब जारी गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन



काठमाडौं ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्या समाधान गर्नका लागि सरकारलाई ५ बुँदे सुझाव र निर्देशन जारी गरेको छ ।
शुक्रबार सिंहदरवारमा बसेको बैठकले नेपाली भूमी लिम्पियाधुरा, लिपुलेख र कालापानीमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवस्यक तहमा वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न बैठकले निर्देशन दिएको छ ।
त्यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न बैठकले सरकारलाई निर्देशन जारी गरेको छ ।
यसैगरी गृह मन्त्रालय भूमि व्यवस्थजा सहकारी तथा गरिबी निवारण मन्त्रालय, पराराष्ट्र मन्त्रालय सहित अन्य आवश्यक मन्त्रालय र निकायहरुको संयुक्त समन्वयकारी संयन्त्र निर्माण गरी एकीकृत रुपमा प्रभावकारी काम गर्न बैठकले सुझाव दिएको ।
नेपाली भूमिको रक्षा तथा नेपाली नागरिकको सुरक्षा गर्न दार्चुला जिल्लाको कालापानी समेतको क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज रुपमा आवतजावत गर्न बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्न बैठकले सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६ शुक्रबार ००:००  ५ : ४६ बजे