९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आन प्रदेश संयोजक गौतम भुसाल भन्नुहुन्छ–‘विज्ञापन प्रसारणमा सन्तुलन कायम गर्दछु’



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल विज्ञापन संघ (आन) प्रदेश ५ का संयोजक भौतम भुसालले प्रदेशमा विज्ञापन वितरणमा सन्तुलन कायम गर्ने बताउनु भएको छ । आनको संघीय कार्यसमितिको निर्णय अनुसार केहीदिन अघि प्रदेश संयोजकमा चयन हुनुभएका भुसालले संघको नीति र दायरामा रहेर प्रदेशमा पनि एजेन्सी मातहतबाटै विज्ञापन प्रसारण प्रकाशन गर्ने परिपाटी बसाल्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो–‘संघमा आजभोली विज्ञापन प्रकाशन प्रसारणको जिम्मा एजेन्सीले लिने गरेको छ । त्यसले विज्ञापनदाता र संचारमाध्यम दुवैलाई फाइदा हुन्छ । त्यो परिपाटी अब प्रदेशमा पनि आवश्यक छ ।’
एजेन्सीबाट विज्ञापन प्रसारण गर्नेक्रमले विज्ञापन प्रसारण क्षेत्रमा रहेको मोनोपोली र एकाधिकार पनि हट्ने उहाँको दाबी छ । मोफसलमा यो कुरा चुनौतिपूर्ण रहे पनि दृढ भएर काम गरे विस्तारै सबैले बुझ्ने उहाँको विश्वास छ ।
कुनै पनि संघ संस्था, कलकारखाना या उद्योगले विज्ञापन प्रसारण र प्रकाशन गर्न सिधै संचारमाध्यममा जाँदा घाटा हुने भन्दै सबैलाई एजेन्सी मातहतमा आउन पनि उहाँले आग्रह गर्नुभयो । विगत १२ बर्षदेखि संचार क्षेत्रमा आवद्ध गौतम भुसाललाई आनका अध्यक्ष रविन्द्रकुमार रिजालले प्रदेश ५ संयोजकमा चयन गर्नुभएको थियो ।
भुसाल बुटवलस्थित ग्लोबल मिडिया सोलुशनका प्रबन्धक निर्देशक हुनहुन्छ भने युवा उद्यमीको रुपमा पनि स्थापित हुनुहुन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६ शुक्रबार ००:००  ४ : ०४ बजे