९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

काठमाडौंको चन्द्रागिरि हिउँले सेताम्य



काठमाडौं ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले चन्द्रागिरिमा हिमपात भएको छ । चन्द्रागिरीसहित उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको हो । अहिले हिउँ परेपछि त्यहाका डाडाकाँडा सेताम्य भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको चन्द्रागिरि, हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६ शुक्रबार ००:००  १ : ५७ बजे