७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

वन विज्ञान पढ्न अर्घाखाँचीका मनोजलाई एप्पल एजुकेशनले दियो ३ लाख



मायादेवी अनलाइन, कपिलवस्तु ।
बुटवलमा रहेको एप्पल एजुकेशन एकेडेमीले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । रकम अभाबमा पढ्नबाट बञ्चित हुने अवस्थामा पुगेका अर्घाखाँचीका मनोज बिकलाई एकेडेमीले ३ लाख रुपैयाँ सहयोग गरेर अभिभावकत्व ग्रहण गरेको हो । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत वन विज्ञान पढ्न लाग्ने तीन लाख रुपैयाँको चेक एकेडेमीले केहीदिनअघि पत्रकार सम्मेलनमार्फत् मनोजलाई हस्तान्तरण गरेको छ । आंशिक शुल्कमा पढ्न पाउने गरी हेटौडा क्याम्पसमा नाम निकाल्न सफल भए पनि मनोजलाई आर्थिक अभाबका कारण परिवारले पढाउन नसक्ने भएको जानकारी पाएपछि उनलाई सहयोग गरेकोे एकेडेमीका म्यानेजिङ डाइरेक्टर अशोक पराजुलीले बताउनु भयो । आफ्नै एकेडेमीमा वन विज्ञानको तयारी कक्षा लिएका मजोज निकै अनुशाषित र मिहिनेती भएकोले सहयोग गरेको पराजुलीको भनाई छ ।
आफुहरु केवल नाफा लिनको लागि मात्र नखुली सामाजिक र शैक्षिक उत्तरदायित्व वहन गर्ने उदेश्यले संचालित भएको हुँदा आगामी वर्षमा पनि दुई जनालाई पूर्ण छात्रबृत्ति दिइने एकेडेमीका अध्यक्ष डा. निसिम भुसालले बताउनु भयो । आफूले तयारी कक्षा लिएको संस्थाले आफ्नो समस्यामा हात जोडेपछि विद्यार्थी विक निकै खुसी भएका छन् । चेक ग्रहण गर्दै विकले एप्पलबाट अब आफ्नो अध्ययनको सपना पूरा भएको बताउँदै प्राप्त भएको रकमलाई सुदपयोग गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । चेक ग्रहण गर्दै विककी आमाले पनि एप्पलाई धन्यवाद दिनुभएको छ । एप्पल एजुकेशनल एकेडमीले विगत ६ बर्ष देखि प्लस टु विज्ञान मेडिकल , इन्जिनियरिङ , एप्लाइड, पारामेडिकल क्षेत्रमा लिइने प्रवेश परिक्षाको तयारी कक्षा संचालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६ शुक्रबार ००:००  १ : ४३ बजे