९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट दुई सातासम्म बन्द



काठमाडौँ – नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार)देखि दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो रोकथाम गर्ने प्रयोजनका लागि आजदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।
नारायणगढमुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ। सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन्।
यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ। एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ मंसिर २०७६ शुक्रबार ००:००  ७ : ५४ बजे