मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा ४ जितपुरमा जारी एघारौँ कपिलवस्तु महोत्सवमा आज शुक्रबार चर्चित आधुनिक गायक प्रमोद खरेल आउने भएका छन् । महोत्सवको आठौँ दिनको मुख्य आकर्षणको रुपमा प्रमोद खरेललाई राखिएको आयोजकले जनाएका छन् । उनको प्रस्तुति साँझ पख हुने छन् । महोत्सवको मञ्चमा उनले आफ्ना निकै चर्चित आधा दर्जन बढी गीत गाएर दर्शकलाई झुमाउने छन् । भर्खरै सम्पन्न भ्वाइस अफ नेपाल सिजन दुईमा कोच बनेर राम लिम्बुलाई जिताए पछि उनको दर्शक श्रोता क्रेज थप बढेको छ । मुख्य गरी उनी दर्शकलाई उफार्न माहिर कलाकार मानिन्छन् । कपिलवस्तुमा पनि उनको क्रेज दिन प्रतिदिन बढेकाले शुक्रबारको आकर्षणमा प्रमोदलाई राखिएको जनाइएको छ । यस्तै महोत्सवको लोक विधातर्फ आकर्षणको रुपमा प्रमोदसंगै लोक तथा दोहोरी गायिका सम्झना लामिछाने पनि हुने छिन् । सम्झनाका पनि दर्जन बढी चर्चित गीतहरु रहने छन् । उनीहरुसंगै अन्य कलाकारको पनि विशेष प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक राजन आलेले बताउनु भएको छ ।
२७ मंसिर २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया