बाँके ।
चालू आर्थिक वर्षको झण्डै पाँच महिनामा सवारी दुर्घटनामा परी बाँकेमा ३१ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार सडक विस्तार भएसँगै सवारी दुर्घटनाको संख्यासमेत बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले मंसिर महिनामा मात्र १८ दुर्घटनामा नौजनाको मृत्यु र ३९ जना घाइते भएको बताए । उनका अनुसार मंसिरमा सबैभन्दा बढी १३ मोटरसाइकल दुर्घटना भएका छन् ।
बस, ट्रक, ट्र्याक्टर, कार, टेम्पो एक–एक र दुई साइकल दुर्घटना भएका छन । चालू आर्थिक वर्षको साउनमा ११ सडक दुर्घटना भएका छन । दुर्घटनामा सातजनाको मृत्यु र १६ जना घाइते भए । त्यसैगरी, भदौमा १२ सडक दुर्घटनामा परी चारजनाको मृत्यु र १५ घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । उनका अनुसार असोजमा १८ दुर्घटनामा पाँचजनाको मृत्यु तथा १८ जना घाइते भए । कात्तिकमा ६ जनाको सडक दुर्घटनामा परी मृत्यु र ३४ घाइते भएका छन् ।
२६ मंसिर २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया