९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

आजदेखि ३ दिन सम्म मौसम बदली हुने, चिसो बढ्ने अनुमान



मायादेवी अनलाइन, कपिलवस्तु ।
आजदेखि ३ दिन सम्म मौसम बदली हुने भएको छ । अब तिन दिनसम्म मुलुकका अधिकांश ठाउँमा मौसम बदली, केही भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात हुने जनाइएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा न्यून चापीय प्रणाली प्रवेश भएको र पूर्व सर्ने क्रममा रहेको उल्लेख गर्दै मुलुकका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ । न्यून चापीय प्रणाली बिहीबार अझै सशक्त भई मुलुकका मध्य र पूर्वी भूभागमा समेत हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण देशैभर बदली भई मुलुकभर चिसो बढ्नेछ भने पश्चिमी भूभागका धेरै, मध्य तथा पूर्वी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । बुधबार रातिबाट सुरु भई यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुनेसमेत महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६ बिहिबार ००:००  ८ : २० बजे