काठमाण्डौ ।
लोकोमोटिभ मस्कोलाई हराउँदै स्पेनिस क्लब एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको डिएगो सिमोनीको टिमले अर्को खेलको नतिजामा भर पर्नुपर्ने अवस्था थियो ।
खेलको दोस्रो मिनेटमै एट्लेटिकोले पेनाल्टी पाएको थियो । किरन ट्रिपियरले पहार गरेको पेनाल्टी मस्कोका गोलकिपरले बचाएका थिए ।
१७औं मिनेटमा पाएको अर्को पेनाल्टीलाई हाओ फिलिक्सले गोलमा परिणत गरे । त्यसपछि ५४औं मिनेटमा फिलिपेले गोल गर्दै एटेलेटिको मड्रिडलाई जित दिलाए । जितसँगै एट्लेटिकोले समूहमा १० अंक बनाउँदै समूहको उपविजेता बनेको छ ।
प्रतिक्रिया