काठमाण्डौ ।
बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा नभएको सरकारले स्पष्ट पारेको छ । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको स्पष्ट पारेको हो ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बिहीबार सार्वजनिक बिदा नभएको जानकारी दिनुभएको छ । उधौली पर्व मनाउने किराँत समुदाय र योमरी पुन्ही मनाउने नेवार समुदायका कर्मचारीलाई भने आज बिदा दिइएको छ । उधौली पर्व मनाइने प्रदेश १ सहित केही पालिकाहरुले पनि आज बिदा दिएका छन् ।
गृह मन्त्रालयले विसं २०७५ चैतमै जारी गरेको नयाँ वर्षका बिदासम्बन्धी सूचनामा बिहीबार किराँत समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।
प्रतिक्रिया