९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

१६ दिने अभियानको अन्तिम दिन, कृष्णनगरमा निस्कियो र्‍याली



अजय मिश्रा, कृष्णनगर ।
अन्तर्राष्ट्रिय लौङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन मङ्गलबार कृष्णनगरमा बृहत र्‍याली निकालिएको छ । कृष्णनगर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा आफन्त नेपाल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्ती पुर्नस्थापना गृह, साना हात नेपाल लगायत विभिन्न संघ संस्थाको सहकार्य रहेको थियो ।
कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले महिला हिंसाका घटना न्यूनिकरणका लागि नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गर्ने बताउनुभयो । महिला हिंसा गर्नेमाथि कानुनी कारबाही हुने भन्दै नगर प्रमुख शाहले यसमा सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।
‘समानताको पुस्ता बलत्कार विरुद्ध एकबद्धता’ भन्ने नाराका साथ कपिलवस्तु जिल्लामा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको थियो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । मङ्गलबार कृष्णनगरमा पनि विशेष कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।
उक्त अवसरमा कृष्णनगर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सन्जय गुप्ता, आन्तरिक राजश्व कार्यलयका प्रमुख पुन्य प्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेल, कृष्णनगर उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता, लाईन्स क्लब कृष्णनगरका केन्द्रीय सल्लाहकार दिनेश गुप्ता लगाएतले बोल्दै लैङ्गिक हिंसा विरुद्धको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
आफन्त नेपालका जिल्ला संयोजक केसर बिश्वकर्माको सञ्चालमा भएको कार्यक्रममा लैङ्गिक हिंसा बिरुद्धको अभियान अभियानमा मात्र सिमित पार्न नहुने बताएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७६ मंगलबार ००:००  ७ : ४८ बजे