९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

तिलौराकोट साझेदारी वनले नै चलायो सःमिल



मायादेवी अनलाइन, तौलिहवा ।
नेपालकै पहिलो बैज्ञानिक वन ब्यवस्थापन अङ्गालेको तिलौराकोट साझेदारी वनले तौलिहवामा सःमिल संचालन गरेको छ । वन तथा भु– संरक्षण बिभागको २० लाख अनुदानमा वन उद्यम कार्यक्रम अन्तरर्गत सो संचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालयको पूर्व पट्टी रहेको वनको जमिनमा मिल स्थापना गरिएको हो ।

बिभागका निर्देशक राम प्रसाद लम्सालले स्वीचको बटन थिचेर मिलको उद्घाटन गर्दै सःमिलले साझेदारी वनका बिपन्न उपभोक्ताहरुलाई सहज हुने बताए । वनको पहुँच र लाभबाट बंचित हुदै आएका उपभोक्ताहरुले अब गुण्स्तरीय र सस्तोमा काठ पाउने उनले बताए । सःमिलमा फर्निचर तथा काठ सुधारको काम हुने छ ।

सो रकम सहीत साझेदारी वनले समेत मिल संचालनमा थप लगानी गरेको तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए । सः मिलमा ठुलो आरा मेशिन ट्रोली, सानो मेशिन हन्सा, गोदाम र पाले घर समेत निर्माण गरिएको छ ।

वन डिभिजन कार्यालय कपिलवस्तुका प्र्रमुख ईश्वरी पौडेलले मिलले गरीब र बिपन्न उपभोक्ताहरुको काठमा पहुँच पुग्ने बताए । सः मिलमा काठको झ्याल, ढोकाहरु पनि सहुलियतमा पाईने छ ।

साथै काठको मुल्य र चिरान खर्च समेत सस्तो हुने अध्यक्ष पाण्डेयले बताए । बजारमा प्रति क्युफिट चिरानको ढेड सय रुपैया पर्छ । यहाँ ८० देखि सय रुपैयामा चिरान हुन्छ । यस्तै ४ हजार ८ सय प्रति क्युफिटको काठ ३ हजार सम्ममा पाईने छ ।

सहायक वन अधिकृत मदन माहेन सान्डील्यलले साझेदारी वनले आफै सः मिल संचालन गरे पछि त्यसको फाईदा उपभोक्ता र साझेदारी वन दुबैलाई हुने बताए । साझेदारी वन कपिलवस्तु, बुद्धभूमि, बाणगंगा नगरपालिका र मायादेवी, यशोधरा गाउँपालिकाका ३० हजार घरधुरीका २ लाख उपभोक्ताहरु जोडिएका छन । ६ हजार ६१२ हेक्टर क्षेत्रफल ओगटेको वनमा बार्षिक ५ करोड बढी आम्दानी हुने गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६ मंगलबार ००:००  ७ : ०६ बजे