मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले नव नियुक्त सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री हृदेश त्रिपाठीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ ।
मंगलवार काठमाडौं पुग्नुभएका थापाले मन्त्रालय मै पुगेर मन्त्री त्रिपाठीलाई बधाई दिनुभएको हो ।
भेटमा उहाँले गाउँपालिका भित्र भईरहेको विभिन्न समस्या तथा विकासका गतिविधिबारे मन्त्री त्रिपाठीलाई भेटेर ध्यान आकर्षण गराउनु भएको थियो ।
कृषि, सिंचाइ, स्वास्थ्य, शिक्षा र समसामायिक विकास निमार्णका कार्य लगायतका विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै मन्त्री त्रिपाठीलाई केन्द्रिय कार्यालय काठमाडौंमा पुगेर उहाँले जानकारी गराउनु भएको हो ।
२४ मंसिर २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया