काठमाडौं ।
मुद्दाका अभियुक्तसँग धरौटी रकमका नाममा घुस लिने दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकार (सिडिओ) खगेन्द्र प्रसाद रिजाल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।
अभद्र व्यवहारसम्बन्धि मुद्दामा पक्राउ परेका अभियुक्तसँग रिजालले ९० हजार घुस लिएका थिए । पछि विवाद भएपछि उनले सार्वजनिक गरेका थिए । गृह मन्त्रालयले उनलाई गत बिहीबार नै हटाइसकेको छ ।
सो घटनाको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए । उपसचिव रिजाल यसअघि अख्तियारमा सहायक प्रवक्ताका रुपमा कार्यरत थिए ।
२४ मंसिर २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया