काठमाडौं ।
नेपाल मानव विकास सूचकाङ्क (एचडीआई) को १४७ औं स्थानमा रहेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले जनाएको छ। सन् १९९० देखि २०१८ सम्म नेपालको एचडीआईमा औसत ०.५२ प्रतिशतले सुधार देखिएको छ। युएनडिपीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियाको एचडीआईमा नेपालभन्दा भारत र भुटान, र बङ्ग्लादेश अगाडी छन । प्रतिवेदनमा कूल १८९ देशको सुचकाङ्क समावेश गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा यो प्रतिवेदन सार्वजनिक गर्दै नेपाल अहिले दिगो विकासका लक्ष्य पुरा गर्नत एकैसाथ सातवटै प्रदेशमा यो प्रतिवेदन सार्वजनिक गरियो। खतिवडाले नेपाल अहिले दिगो विकास लक्ष्य (एसडीजी) पुरा गर्नेतर्फ लागेको र सरकारले प्राविधिक शिक्षामा जोड दिएको उल्लेख गरे। साथै कानूनले प्रत्याभूति गरेका सामाजिक सुरक्षा कार्यान्वयनमा संविधानतः अघि बढेको बताए।
२४ मंसिर २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया