१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

रहेनन् ‘ए कान्छा मलाई सुनको तारा‘’ गाउने रुद्रमणि गुरुङ



काठमाडौँ ।
दार्जीलिङका नेपाली गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो ।
लामो समय दार्जीलिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अति लोकप्रिय छ ।
अम्बर गुरुङको रचना तथा संगीतमा रहेको सोही गीत गाएर उनी नेपाली संगीताकाशमा अजर–अमर बनेका हुन् । सोमबार निधन भएका गायक गुरुङको बुधबार दार्जीलिङ्गमा अन्त्यष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६ मंगलबार ००:००  १२ : ५४ बजे