बाग्लुङ ।
विप्लव समूहका जिल्ला सेक्रेटरी नवीन कुँवर अदालतको आदेशमा रिहा भए पनि प्रहरीले अदालत परिसरबाटै पुनः पक्रेको छ । बाग्लुङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका कुँवर अदालतको आदेशअनुसार धरौटी रकम तिरेर बाहिरिने क्रममा सोमबार अदालत परिसरबाटै पक्राउ परेका हुन् ।
उनलाई राज्यविरुद्धको अपराध आरोपमा प्रहरीले ७ असोजमा पक्राउ गरेका थिए । अदालतले १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालत परिसरबाटै पुनः पक्राउ गरी नेता कुँवरलाई पर्वत जिल्ला पठाइएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
२४ मंसिर २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया