७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सरकारले ५ सय ६० जनालाई निःशुल्क प्राविधिक शिक्षा दिने



काठमाडौं ।
सरकरले प्राविधिक तहमा निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०७६-७७ को बजेट तथा कार्यक्रममा व्यवस्था भए अनुसार प्रादेशिक सन्तुलन कायम हुने गरी संस्थागत पहुँच नपुगेका स्थानीय तहलाई प्राथमिकता दिने गरी देशभरका विपन्न, दलित र मुस्लिम छात्रछात्राका लागि २८० जना प्रविधिक एसएलसी सरह र २८० जना डिप्लोमारप्रमाणपत्र तहमा प्राविधिक शिक्षा प्रदान गर्न परीक्षार्थी छनोट गर्न लागेको हो। प्राविधिक एसएलसी तहका लागि कुलिनरी आर्ट, भेटनरी जेटिए, ईञ्जिनियरिङ तहका लागि माग गरेको छ भने प्रमाणपत्र तहमा नर्सिङ, फार्मेसी, डिप्लोमा इन एग्रिकल्चरलगायत छन्।

प्रकाशित मिति : २४ मंसिर २०७६ मंगलबार ००:००  ८ : २९ बजे