कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा भएको हत्याको विषयमा अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्युरोको टोली जिल्ला आएको छ । हत्याकाण्ड रहस्यमयी भएपछि त्यसलाई सुल्झाउन सिआईबीको ३ सदस्यीय टोली आइताबार जिल्ला आएको हो । घटना भएको १० दिन बितिसक्दा पनि अझै हत्याको रहस्य बाहिर आउन सकेको छैन ।
टोलीले आइतबारदेखि नै काम सुरु गरेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । उता सो घटनाका लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक सुभाष खड्काको नेतृत्वमा अनुसन्धान टोली बनाइएको थियो । सिबिआईले घटनास्थलको निरिक्षण, परिवार, छरछिमेकसँग सोधपुछसमेत गरेको प्रहरी श्रोतले जनाएको छ ।
गत मंसिर १३ गते पौडलेको आफ्नै घरमा बिभत्स हत्या गरिएको थियो । घटनाको आरोपमा मृतककी बुहारी लक्ष्मी पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान जारी राखेको छ । पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । १३ गते दिउँसोे घटना भए पनि प्रहरीले साँझ ७ बजे मात्र घटनाबारे थाहा पाएको थियो ।
सो हत्या लक्ष्मीले नै गरेको मृतकका परिवारहरुको आरोप छ । घटनाको ४० दिन अघि दुबई रहेका मृतकका छोरा शंकरले बुवाको हत्या आफ्नै श्रीमतीले गरेको दाबी गर्छन् । घटनाबारे थााहा पाएर घर फर्केका उनले श्रीमती र आफुबीच दिनहुँझै झगडा भईरहने र श्रीमतीले बुवा, आमा र दिदीलाई धम्की दिने गरेको बताए ।
मृतकका परिवारकाअनुसार घटनाको दिन लक्ष्मी र मृतक पौडेल घरमै थिए । दाडी काटी रहेका पौडेललाई लक्ष्मीले आफ्ना २ वर्षे छोरालाई टीबी खोल्न बोलाएर त्यही घरमै रहेको मौका छोपी हत्या गरेकी थिइन् । हत्यापछि लक्ष्मीले नै ससुरा हराएको र घरमा चोर आएको विषयमा प्रहरीमा जानकारी गराएकी थिईन् । मृतकका आफन्तले गरेको फोन नलानेपछि खैलाबैला मचिएको थियो । खोजबिन गर्दा पौडेल टीबी कोठामा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएका थिए । शवमाथि सिरक, ब्ल्याङकेट कपडा थियो । त्यही कपडाको बीचबाट लक्ष्मीको मोबाइलसमेत भेटिएको मृतकका छोरा शंकरले बताए ।
शंकरले श्रीमतीले आफ्नो बुवाको योजनाबद्ध ढंगबाट हत्या गराएको बताए । घटनाको एक दिन अघि काठमाडौं जान हिडेकी लक्ष्मी गोरुसिंगेमा रहेको ईटालीन होटलमा अर्को नाम गरेर बसेको भेटिएको छ । त्यही होटलमा रहँदा एक अपरिचित पुरुषले लक्ष्मीको छोरालाई ल्याएका थिए । स्टाप नर्स पढेकी लक्ष्मीसँग पैसाका विषयमा श्रीमान र परिवारसँग किचलो हुने गरेको थियो । शंकरकाअनुसार लक्ष्मीले दिएको सात लाख बढी रुपैयाँकोसमेत हिसाब दिन सकेकी थिईनन् । लक्ष्मी र उनका श्रीमन शंकर सासु–ससुराबीच लामो समयदेखि हुँदै आएको बिवादको दुःखद अन्त्य भएको छिमेकीहरु बताउँछन् ।
छिमेकीकाअनुसार सो घटनामा लक्ष्मीकै प्रत्यक्ष हात रहेको छ । पौडेलको घाँटी, टाउँको र शरीरका अन्य विभिन्न स्थानमा गम्भिर चोट थियो । उनी अर्घाखाँचीबाट बसाईसरेर गोरुसिंगे आएका हुन् । उनी मंसिर १३ गतेदेखि हराएका थिए । उनी हराएको भन्ने सूचनाको आधारमा प्रहरीले खोजबिन गर्दा कोठामा मृत अवस्थामा फेला परेका थिए ।
२४ मंसिर २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया