१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रदेशका सामाजिक विकास मन्त्रीले गरे बालगृहको निरीक्षण



मायादेवी अनलाइन, तौलिहवा ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले तौलिहवा बालगृहको निरीक्षण गरेका छन् । कपिलवस्तु बहुमुखी क्याम्पसको आईसि ल्याब र बिज्ञान प्रर्दशनीको उद्घाटन कार्यक्रममा सरिक भई बालगृह आएका हुन ।
सो अवसरमा उनले बालगृहका बेसहारा बालक, कर्मचारी र नेपाल बाल संगठनका पदाधिकारीहरुसंग भेटघाट समेत गरेका थिए । सो अवसरमा मन्त्री बरालले बालगृहका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले बालगृहलाई अझ ब्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा संगठनका जिल्ला अध्यक्ष राजु प्रसाद अर्यालले बालगृहका बारेमा जानकारी गराएका थिए । बालगृह अहिले २७ लाख घाटामा हुँदा समस्या भएको बताए । उनले अझै एक दुई बर्ष संचालनमा समस्या आउने भएकाले सहयोग गर्न उनले मन्त्री बराललाई अपील गरेका थिए ।
कार्यक्रमममा बालगहृका प्रमुख राम प्रसाद अर्यालले बेसहारा बालकहरुको लागि प्रदेश सरकारले ठोस सहयोग गर्नेमा आफुहरु आशाबादी रहेको बताए । बाल गृहमा २८ बालकहरु छन ।

प्रकाशित मिति : २३ मंसिर २०७६ सोमबार ००:००  ८ : ११ बजे