विजयनगर ।
विजयनगर गाउँपालिकाको वडा नं. ५ को नेवरंगियाघाटमा सोमवार पुलको शिलान्यस भएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले संयुक्त रुपमा पुलको शिलान्यस गर्नु भएको हो ।
उक्त पुल लिडो संस्थाको सहयोगमा कुल ८५ लाखमा निर्माण हुन लागेको हो । जसमा उपभोक्ता समितिको ३७ लाख ८५ हजार ९० रुपियाँको बराबर सहभागीता रहने भएको छ । उक्त पुलको निमार्ण कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।
गाउँपालिकाको प्राविधिक सहयोगमा वडा नः १ र ५ का स्थानीयबासी साथै विद्यार्थीहरुलाई सहज रूपमा आवतजावत गर्न सहज हुने उपभोक्त समिति को अध्यक्ष शिवनाथ यादव खुसी व्यक्त गर्नुभयो ।
पुलको लम्बाइमा ११९ मिटर को निर्माण हुने सो कुरा इन्जिनियर प्रदीप चौधरीले जानकारी दिनु भयो । यस झुलुङ्गे पुलबाट १० हजार जनताले प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउदै वडा अध्यक्ष अनवर मुसलमानले ब्यापार ब्यवसायमा समेत टेवा पुग्ने भएकोले सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
२३ मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया