बुटवल ।
नीजि प्राविधिक शिक्षालय महासंघ र फोरम फर हेल्थ एण्ड टेक्नीकल साईन्सको आयोजनामा ‘समृद्ध नेपालका लागि प्राविधिक शिक्षालयको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा भएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्राविधिक शिक्षाको विकल्प नभएको भन्दै यसलाई अझ बढि व्यवस्थित ढंगबाट अगाडी बढाउन प्रदेश सरकार लागिपरेको बताए ।
बरालले केन्द्र सरकार संग पनि नीजि प्राविधिक शिक्षालयहरुको भविश्यको विषयमा आफुले छलफल गरेको जानकारी दिदै आवश्यक परे ऐन नै संसोधन गरी शिक्षालयहरुलको भुमिकालाई मर्न नदिने बताए ।
नीजि सरकारी शिक्षालयहरुको विचमा एक आपसमा गुणस्तर सुधारको लागि प्रतिष्पर्धा गर्नुपर्ने भन्दै मन्त्री बरालले राज्यले नीजि प्राविधिक शिक्षालयमा भएको लागनीको सुरक्षा गर्ने बताए ।
उनले भने–‘अवको योजना रणनीति भनेको नीजि र सामुदायिक प्राविधिक शिक्षालयको विचमा टकराब भन्दा पनि गुणस्तरमा सुधार ल्याउनको लागि प्रतिष्पर्धा गर्नुपर्ने आवश्यकता रहेको छ ।’
दक्ष जनशक्ति उत्पादनको लागि यसमा सबै नीजि प्राविधिक शिक्षालयहरु र फोरम फर हेल्थ साईन्स अन्र्तगतका प्राविधिक शिक्षालयहरु समेत विशेष ध्यान दिनुपर्नेमा उनको भनाई रहेको थियो ।कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघ प्रदेश ५ का अध्यक्ष अर्बिन चन्द्र आचार्य, फोरम फर हेल्थ एण्ड टेक्नीकल साईन्सका केन्द्रीय सदस्य चिरन्जीवि जोसीले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नीजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ५ का अध्यक्ष अरुण कुमार पाण्डे, नीजि प्राविधिक शिक्षालय महासंघका केन्द्रीय सदस्य त्रिलोचन पौड्याल लगायतले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य डा. पुरन ब्रजाचार्य, सिटिईभिटीका प्रशासन महाशाखा निर्देशक जीवनारण काफ्ले, सिटीईभिटी प्रदेश ५ का प्रमुख अरविन्द्र कुमार चौधरी, नीजि प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष मोहन झा, संस्थापक अध्यक्ष दुर्गा उप्रेती, फोरम फर टेक्नीकल एण्ड हेल्थ साईन्सका केन्द्रीय महासचिव सुनिल चालिसे, नीजी प्राविधिक शिक्षालय महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्तराज खनाल लगायतको आतिथ्यता रहेको थियो ।
फोरम फर हेल्थ एण्ड टेक्नीकल साईन्स प्रदेश ५ का अध्यक्ष प्रकाश रानाको अध्यक्षता, नीजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ५ का अध्यक्ष अरुण कुमार पाण्डेको स्वागत र नीजी प्राविधिक शिक्षालयका महासंघ प्रदेश ५ का सचिव दोण प्रसाद भुषालको सञ्चालनमा कार्यक्रम भएको महासंघ प्रदेश ५ का सदस्य डिपी खनालले बताए ।
२३ मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया