मणि प्रसाद गैह्रे, तौलिहवा ।
प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सामुदायिक क्याम्पसहरुले उच्च क्षेत्रका जनशक्ति उत्पादनमा जोड दिएको बताएका छन् । कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवाको आइ.सि.टि.ल्याव तथा विज्ञान प्रदर्शनीको अवलकोकन कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक क्षेत्रको विका भनेको शिक्षा क्षेत्र भएको र कम शुल्कमा शिक्षा दिने सामुदायिक क्याम्पसहरुले विभिन्न क्षेत्रको समन्वयमा प्राविधिक सिप दिनुपर्ने समेत बरालले बताए । प्रदेश सरकारले सामादायिक क्याम्पसहरुको विकासको लागि सहयोग गर्ने परिपाटिको सुरुवातको गरेको हुँदा यसलाई निरन्तरता दिने वताए ।
साथै प्रदेशका विद्यार्थीहरुलाई उच्च तहमा अध्यायन गर्नको लागि विभिन्न जिल्लाहरुमा प्राविधिक शिक्षालयहरु खोलेर शिक्षा दिने काम पनि प्रदेश सरकारले गरेको बताए । सो अवसरमा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेयले शिक्षा नै विकासको आधार भएको हुँदा उच्च शिक्षा र प्राविधिक शिक्षामा लगानी गर्न क्याम्पसलाई आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव, रुन्धावती दुवे, मायादेवी गाउँपालिकाका अध्यक्ष वजरगी चौधरी लगायतले बोलेका थिए । सो अवसरमा क्याम्पस प्रमुख डा. विनय पाण्डेयले पश्चिम क्षेत्रको पुरानो र शैक्षिक धरोहरको रुपमा विकसित क्याम्पसले हजारौ जनशक्ति उत्पादन गरेको स्मरण गर्दै आगामी दिनमा क्याम्पसमा प्राविधिक विषयहरु पठनपाठनको योजना रहेको बताए ।
साथै पाण्डेयले क्याम्पसको विकासमा सामाजिक तथा राजनैतिक व्यक्तित्वहरुको महत्वपुर्ण भूमिका रहने हुँदा सबैको सहयोग र सहकार्यमा शैक्षिक विकास हुने हुँदा सबै पक्षको सहयोगको अपेक्षा समेत गरे ।
प्रदेश सरकारको सहयोगमा क्याम्पसमा कम्युटर ल्यावको निर्माण गरी सूरुवात गरिएको छ । क्यामपस संचालन समितिका अध्यक्ष रामदास गुप्ताको अध्यक्षता सहायक प्रधानाध्यापक जीवन मरासिनिको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
२३ मंसिर २०७६ सोमबार ००:००
4
Shares
प्रतिक्रिया