मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुकै पुरानो तथा ऐतिहासिक महोत्सव ११ औं कपिलवस्तु महोत्सवको सेमबार पाचौं दिन चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुती रहने भएको छ । पछिल्लो समय लोक दोहोरीको क्षेत्रमा गायक विश्वकर्मा निकै चर्चित हुनुहुन्छ । ‘सालको पात टपरी हुने’ लगायतका निकै चर्चित गीत उहाँले गाउनुभएको छ ।
यस्तै सोमबार नै लोक तथा दोहोरी गायिका प्रिती आलेले पनि सोमबार प्रस्तुती दिनुहुनेभएको छ । गायिका आलेपनि पछिल्लो समयकी चर्चित गायिका हुनुहुन्छ । ‘फुल्यो बाबरी’ लगायतका चर्चित गीत उहाँले गाउनुभएको छ ।
बुद्ध रंगशाला वाणगंगा जितपुरमा जारी ११ औ कपिलवस्तु महोत्सवमा कपिलवस्तुसहित छिमेकी जिल्लाका दर्शकले पनि महोत्सवको अवलोकन गरेका छन् । महोत्सवमा चौथो दिन आइतबार चर्चित गायक लोकपप गायक दुर्गेश थापा, वरिष्ठ लोक दोहोरी गायक प्रजापति पराजुली लगाएतको प्रस्तुती रहेको थियो ।
यस्तै डान्स आईडलबाट आइतबार एकै दिन ३ जना बाहिरिएका छन् । शनिबारको प्रस्तुती संगै दर्शकको भोटका आधारमा आइतबार ३ जना बाहिरिएका हुन् । आइतबार ममता पुन, प्रशंसा पुन र उमा अर्याल बाहिरिएका हुन् ।
यस्तै आइतबारको प्रस्तुतीकोे आधारमा निशा खनाल बेस्ट ‘डान्स अफ दि डे’ बन्नु भएको छ भने आइतबारको प्रस्तुतीसंगै दर्शकको भोटका आधारमा सोमबार पनि बाहिरिने छन् । अब १० जना प्रतीस्पर्धी बीच कडा टक्कर हुने छ ।
यता महोत्सवको सचिवालयमा राखिएका विभिन्न डमी संगै भिजिट नेपाल २०२० को लोगोमा सेल्फी खिच्ने दर्शकको पनि भिड रहेको छ । महोत्सवकै आकर्षणको केन्द्रविन्दु मानिएको भिजिट नेपालको लोगोमा दर्शकको आकर्षण बढेको हो ।
त्यसैगरी जिल्लाकै पुरानो महोत्सव कपिलवस्तु महोत्सवमा राखिएका विभिन्न स्टलमा पनि दर्शकको भिड रहेको छ । महोत्सवमा राखिएका २ सय ६० बढी स्टलमा दर्शकले दैनिक उपभोग्य सामग्रीको किनमेल गर्ने गरेका छन् ।
विशेषगरी कपडा, अचार, भाडा लगाएतका स्टलमा दर्शकको भिड देख्न सकिन्छ । महोत्सवमा सर्पदंश सम्बन्धी जानकारी दिनको लागि सहायता कक्ष राखिएको छ । श्री नारायणदल गण कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेको सहयोगमा राखिएको उक्त कक्षमा दर्शकले सर्प दंश सम्बन्धी विभिन्न जानकारी गराईएको छ ।
२३ मंसिर २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया