एजेन्सी ।
भारतको राजधानी दिल्लीको रानी झाँसी रोडमा रहेको खाद्यान्न मन्डीमा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ।
दिल्लीको दमकल विभागका प्रमुख अतुल गर्गका अनुसार घटनास्थलबाट ६३ जनालाई निकालिएकोमा ४३ जनाको मृत्यु भएको छ। घाइतेहरुलाई उपचारका लागि लोक नायक अस्पतालमा भर्ना गरिएको छ । ज्यान गुमाउनेमा अधिकांश १५ देखि २० वर्षका रहेको एक प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्लाष्टिकको खेलौना बनाउने काम हुँदै आएको भवनमा आगलागी भएको हो।
दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाल घटनास्थलमा पुगेका छन् । उनले मृतकका परिवारलाई जनही १० लाखका दरले सहायता रकम दिने घोषणा गरेका छन् ।
यस्तै घाइतेहरुको उपचार खर्च राज्य सरकारले बेहोर्ने र जनही एक–एक लाख सहयोग दिने घोषणा पनि गरेका छन् ।
२५ वटा दमकलसहित अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका छन् । उद्धारकर्मीले ५० जना भन्दा बढीलाई सकुशल उद्धार गर्न सफल भएको छ ।
२२ मंसिर २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया