१९ कार्तिक २०८१, सोमबार | Mon Nov 4 2024

काठमाडौँकी युवती ब्राउन सुगरसहित पक्राउ



झापा ।
झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गबाट तीन जनालाई लागु पदार्थ ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट गस्तीमा खटिएको प्रहरी टोलीले एक युवतीसहित तीन जनालाई १२ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बिर्तामोड बस्ने २१ वर्षीय राजकुमार राजवंशी, इलाम घर भएका १९ वर्षीय समिर महत र काठमाडौं सिनामंगलकी १८ वर्षीया पुजा शंकर रहेकी छिन्।
मे १ ह २४३० नम्वरको अटोरिक्सामा रहेका तिनै जनालाई चेकजाँच गर्ने क्रममा सोही अटोका चालकसमेत रहेका राजकुमार राजवंशीको साथबाट १२ ग्राम ब्राउनसुगर, १० पिस ट्रिडोल ट्याब्लेट, नगद ५९ हजार ६ सय रुपैयाँ र पुजाको साथबाट ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ।
पक्राउ परेका समिर महत भने उनीहरुको सहयोगी रहेको खुल्न आएको छ। नियन्त्रणमा लिइएको अटो र पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

प्रकाशित मिति : २० मंसिर २०७६ शुक्रबार ००:००  १२ : ४१ बजे