८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चिसो ह्वात्तै बढ्यो, काठमाण्डौको तापक्रम यस वर्षकै न्यून



काठमाडौं ।
काठमाण्डौको तापक्रम शुक्रबार बिहान बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ । काठमाण्डौको शुक्रबार बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो यस वर्षकै कम तापक्रम हो ।
यसअघि बिहीबार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । सामान्यतया राति आकाश खुल्ला हुँदा बिहानको तापक्रम घट्छ भने बादल लागे तापक्रम बढ्छ ।
राति काठमाण्डौको मौसम सफा भएकाले शुक्रबार बिहानको तापक्रम घटेको हो । यसअघि गएको आइतबार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो ।
त्यसयता बढेको तापक्रम शुक्रबार फेरि घटेको हो । काठमाण्डौको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।
शुक्रबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन् । तर कतै पनि पानी पर्ने संभावना भने नरहेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति : २० मंसिर २०७६ शुक्रबार ००:००  ८ : १२ बजे